Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीवनेश्वर जगत मोहन ट्रस्टको गुरु सम्मान कार्यक्रम सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जीवनेश्वर जगत मोहन ट्रस्टले ३ जनालाई सम्मान गरेको छ । आइतवार वीरगञ्जस्थित मधेश विश्वविद्यालयको सभाकक्षमा आयोजित गुरु सम्मान कार्यक्रमका बीच मञ्जु श्रेष्ठ, घनश्याम मिश्रा र अनन्तलाल दास सम्मानित भएका हुन् । शैक्षिक क्षेत्रमा दिएको योगदानको कदरस्वरुप तिनै जनालाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको ट्रस्टका अध्यक्ष प्राध्यापक डा. दीपक शाक्यले बताए ।

लामो समयसम्म शैक्षिक विकासको लागि आफ्नो जीवन समर्पित गरेका व्यक्तिहरुलाई सम्मान गर्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने अभिप्रायले ट्रस्टको स्थापना गरिएको उनको भनाई छ ।

मधेश विश्वविद्यालयका उपकूलपतिसमेत रहेका प्राध्यापक डा. शाक्यले भने, ‘शिक्षण पेशा जस्तो प्रतिष्ठीत पेशा अरु कुनै नभएपनि हाम्रो देशमा शिक्षण पेशालाई हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यक्ता खट्किएको छ । यहाँ तिनै शिक्षकले जन्माएका विभिन्न कम्पनीका म्यानेजरलाई, नेतालाई सम्मान गरिन्छ, तर गुरुलाई बेवास्ता गरिन्छ ।’

यस्तो प्रवृतिको अन्त्य गर्दै शिक्षण पेशाको गरिमालाई कायम राख्न र गुरुको औचित्य बुझाउनुपर्नेमा उनले जोड दिए । शाक्यकै अध्यक्षतामा सम्पन्न गुरु सम्मान समारोहलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका दूत देवी सहाय मीनाले जीवनेश्वर मिश्रा र जगतमोहन अधिकारीको शिक्षाप्रतिको योगदान अविस्मरणीय रहेको बताए । शिक्षाबाटै परिवर्तन सम्भव रहेको बताउँदै उनले साहित्य, कला, संस्कार र संस्कृतिको संरक्षण गर्न सबैले पहल कदमी चाल्नुपर्नेमा जोड दिए ।

वीरगञ्जको विगतको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै बरिष्ठ पत्रकार जगदिश शर्माले चिन्ता व्यक्त गरे । गुरु सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले आजभोलीका शिक्षकहरुले शिक्षा दिएको बताउँदै ज्ञान दिन नसकेको टिप्पणी गरे । शिक्षण विधिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले परम्परागत सुगा रटाई र लठी देखाएर डराएर पढाईलाई प्रभावकारी बनाउन नसकिने उनको निचोड छ ।

ट्रस्टका संस्थापक सदस्य एवम् कार्यक्रम संयोजक चन्द्रकिशोर झाले जीवनेश्वर मिश्र भारतीय नागरिक भएर पनि वीरगञ्जसहित देशभरिमा शिक्षाको उज्यालो फैलाउने कार्यको जति प्रसंशा गरेपनि अपर्याप्त हुने बताए ।

बरिष्ठ पत्रकार झा वीरगञ्जका अधिकांश विद्यालय स्थापनाका लागि दुवै जना मुर्धन्य व्यक्तीले खेलेको भूमिकाको बारेमा अवगत गराए ।

सम्मानित हुने अन्नतकुमारलाल दास, घनश्याम मिश्र र मञ्जु श्रेष्ठले सम्मानले थप जिम्मेवारी महसुस गराएको प्रतिक्रिया दिए ।

सम्मान कार्यक्रमको सहजीकरण वीरगञ्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अर्विन्द श्रेष्ठले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० पुष २३,सोमबार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८० पुष २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद