Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीवनेश्वर जगत मोहन ट्रस्टको गुरु सम्मान कार्यक्रम सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जीवनेश्वर जगत मोहन ट्रस्टले ३ जनालाई सम्मान गरेको छ । आइतवार वीरगञ्जस्थित मधेश विश्वविद्यालयको सभाकक्षमा आयोजित गुरु सम्मान कार्यक्रमका बीच मञ्जु श्रेष्ठ, घनश्याम मिश्रा र अनन्तलाल दास सम्मानित भएका हुन् । शैक्षिक क्षेत्रमा दिएको योगदानको कदरस्वरुप तिनै जनालाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको ट्रस्टका अध्यक्ष प्राध्यापक डा. दीपक शाक्यले बताए ।

लामो समयसम्म शैक्षिक विकासको लागि आफ्नो जीवन समर्पित गरेका व्यक्तिहरुलाई सम्मान गर्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने अभिप्रायले ट्रस्टको स्थापना गरिएको उनको भनाई छ ।

मधेश विश्वविद्यालयका उपकूलपतिसमेत रहेका प्राध्यापक डा. शाक्यले भने, ‘शिक्षण पेशा जस्तो प्रतिष्ठीत पेशा अरु कुनै नभएपनि हाम्रो देशमा शिक्षण पेशालाई हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यक्ता खट्किएको छ । यहाँ तिनै शिक्षकले जन्माएका विभिन्न कम्पनीका म्यानेजरलाई, नेतालाई सम्मान गरिन्छ, तर गुरुलाई बेवास्ता गरिन्छ ।’

यस्तो प्रवृतिको अन्त्य गर्दै शिक्षण पेशाको गरिमालाई कायम राख्न र गुरुको औचित्य बुझाउनुपर्नेमा उनले जोड दिए । शाक्यकै अध्यक्षतामा सम्पन्न गुरु सम्मान समारोहलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका दूत देवी सहाय मीनाले जीवनेश्वर मिश्रा र जगतमोहन अधिकारीको शिक्षाप्रतिको योगदान अविस्मरणीय रहेको बताए । शिक्षाबाटै परिवर्तन सम्भव रहेको बताउँदै उनले साहित्य, कला, संस्कार र संस्कृतिको संरक्षण गर्न सबैले पहल कदमी चाल्नुपर्नेमा जोड दिए ।

वीरगञ्जको विगतको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै बरिष्ठ पत्रकार जगदिश शर्माले चिन्ता व्यक्त गरे । गुरु सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले आजभोलीका शिक्षकहरुले शिक्षा दिएको बताउँदै ज्ञान दिन नसकेको टिप्पणी गरे । शिक्षण विधिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले परम्परागत सुगा रटाई र लठी देखाएर डराएर पढाईलाई प्रभावकारी बनाउन नसकिने उनको निचोड छ ।

ट्रस्टका संस्थापक सदस्य एवम् कार्यक्रम संयोजक चन्द्रकिशोर झाले जीवनेश्वर मिश्र भारतीय नागरिक भएर पनि वीरगञ्जसहित देशभरिमा शिक्षाको उज्यालो फैलाउने कार्यको जति प्रसंशा गरेपनि अपर्याप्त हुने बताए ।

बरिष्ठ पत्रकार झा वीरगञ्जका अधिकांश विद्यालय स्थापनाका लागि दुवै जना मुर्धन्य व्यक्तीले खेलेको भूमिकाको बारेमा अवगत गराए ।

सम्मानित हुने अन्नतकुमारलाल दास, घनश्याम मिश्र र मञ्जु श्रेष्ठले सम्मानले थप जिम्मेवारी महसुस गराएको प्रतिक्रिया दिए ।

सम्मान कार्यक्रमको सहजीकरण वीरगञ्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अर्विन्द श्रेष्ठले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० पुष २३,सोमबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० पुष २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद