वीरगञ्ज । वीरगञ्ज – १० आदर्शनगरस्थित ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले आगलागीको समयमा आगो नियन्त्रण गर्नको लागी चाहिने आवश्यक सामग्री सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा राखेको छ ।
प्राङ्गणमा राखिएको आगो नियन्त्रण गर्ने सामग्री अर्थात् यन्त्रले आवश्यकता परेको खण्डमा एक सय मिटर वरिपरिमा लागेको आगोलाई तुरुन्तै निभाउन प्रयोग गरिने केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए ।
सो अवसरमा केन्द्रका सदस्य चन्द्र अग्रवाल, कैलाश वजाज, रतन टेमानी, सर्फुदिन मिया, पत्रकार सुरेश विडारी, प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मी समेतको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



