Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पकहाँ मैनपुरमा निशुल्क आँखा शिविर सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ८,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा आइतबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल तथा वीरगंज सामुदायिक आँखा केन्द्र वीरगंजकाे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ३ स्थित श्री रामचरीचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरमा भएकाे शिविरमा ८८६ जना आँखा परिक्षण गराएका छन् । जस मध्ये ३३५ जनामा मोतियाबिंद फेला परेकाे आयाेजकले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे शिविरकाे उद्घाटन प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

शिविर उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सांसद क्षेत्रीले राेका रहेकाे सांसद काेषकाे वजेट चलाउन पाए क्षेत्र अन्तर्गतकाे प्रत्येक वडामा आँखा शिविर संचालन गरी चस्मा पनि वितरण गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद क्षेत्रीले महिलाहरुको पाठेघरको समस्या धेरै रहेकोले सचेत हुन आग्रह गरे । उनले पालिकबाट त्यसकाे लागि शिविर पनि सञ्चालन गर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष मेहताले प्रत्येक बर्ष गाउँपालिकाले आँखा शिविर आयाेजना गर्ने जनाए । निशुल्क शिविरमा सहभागि भई माेकाकाे फाइदा उठाउन उनले गाउँवासी आग्रह समेत गरे ।

शिविरमा माेतियाबिंद फेला परेकाहरुकाे पुष १२ गते शल्यक्रिया समेत गरिने प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले जानकारी दिए ।

उद्घाटन समारोहमा वडाध्यक्ष मुकुट चौहान, सञ्जय चौहान, डेढी यादव, बलिराम चौरसिया, कांग्रेसका नेता लक्ष्मण पटेल, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, कार्यपालिका सदस्य रामबहादुर साह सोनार, नेक महमद मियाँ, युवा नेता राकेश कुशवाहा, बिरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन अनिल साहले गरेका थिए ।

शिविरमा डाक्टर गौरीशंकर गुप्ता, डाक्टर प्रभात चौरसिया, सहयोगी मुस्कान श्रेष्ठ, पावन धामी लगायतकाले सहभागिहरुकाे आँख चेक जाँच गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० पुष ८,आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० पुष ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद