वीरगञ्ज । कपडा बैंक पर्साले निःशुल्क कपड़ा वितरण गरेको छ। शनिबार वीरगञ्जको घण्टाघरमा चिसोबाट जोगीन निस्शुल्क कपड़ा वितरण गरेको हो।
प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगञ्ज वडा नम्बर ८ बाट गरीब असहायलाई निःशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार पनि वीरगञ्जको घण्टाघरमा ९ सय थान कपड़ा वितरण गरेको छ ।
निशुल्क कपडा वितरण कार्यक्रम सन्चालन हुँदै गर्दा नेपाली काङ्ग्रेसका नेता समाजसेवी राकेश सिंहले ४ बोरा कपडा, हुकुम सिंह राजपुतले १ बोरा कपडा र १ बोरा कपडा अन्य दाताले सहयोग गरेको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि,अतिथिहरु नेपाली काङ्ग्रेसका नेता राकेश सिंह, हुकुम सिंह राजपुत, संस्थाका संस्थापक सदस्य एवं प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह, समाजसेवी गौरी गुप्ता,नेपाल रेडक्रस सोसाइटी रेषमकोठिका सदस्य श्रवण रायमाझी,संस्थाका निवर्तमान अध्यक्ष रम्भा मिश्रा लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि जो संग धेरै कपडा छ दिएर जानुस र नहुने आवस्यकता भएकोले निशुल्क लिएर जानुस को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ ।
वीरगञ्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु, संस्थाका सल्लाहकारहरु, पदाधिकारी सदस्यहरुलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो



