वीरगञ्ज । बाराको निजगढ नगरपालिकामा बुधबार दिउँसो दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। निजगढ नगरपालिकास्थित भमरामा बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको बाराका प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार २९ वर्षीय बाबुराम सुनुवार दुर्घटनामा परी घाइते भएको तथा उनका निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस



