वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले १ बिगाह खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं. १३ भक्तलाल स्थित १५ कठ्ठा , वडा नं. १३ डम्मरपुरस्थित १२ कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको ९ हजार बोटहरू फडानी गरी नष्ट गरेको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस



