Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर २१ स्थित हिमालयन डिस्टिलरीले लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । वडा कार्यालयले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रमका बीच उद्योगले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व बन तथा वातावरण मन्त्री प्रदीप यादवले सबै उद्योगी व्यवसायीहरुले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

सामाजिक उत्तरदायित्व सबै निजी संस्थाले बहन गर्नुपर्ने प्रावधानअनुरुप समाजको शिक्षा, स्वास्थ्य तथा अन्य विकासका क्षेत्रमा सक्दो सहयोग गर्न पनि उनले अन्य उद्योगहरुलाई आग्रह गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक समेत रहेका यादवले सबैको साझा पहलमा नै विकास र समृद्धि हासिल गर्न सकिने बताउँदै हिमालयन डिष्टिलरी प्रति आभार पनि व्यक्त गरेका छन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका यादवसँगै निवर्तमान वडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नविन कुमार उपाध्याय, लिपनीविर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर राम लगायतको उपस्थिती रहेको समिर आलमले जानकारी दिए ।

वडाध्यक्ष रौनियारकै पहलमा हिमालयन डिष्टिलरीले २० लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो । उक्त एम्बुलेन्सबाट आफ्नो वडाबासी मात्रै नभएर छिमेकी वडाका बासिन्दा पनि लाभान्वित हुने वडाध्यक्ष रौनियारको विश्वास छ । उनले यसअघि वडाका अन्य शैक्षिक संस्थालाई पनि सामाजिक उत्तरदायित्वस्वरुप सहयोगका लागि निजी संस्थासँग समन्वय गर्दै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० पुष २,सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० पुष २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद