Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा पनि मनाइयो महेन्द्रको १०८ औं जयन्ती एवम् अस्तुबोध दिवस

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ‘राष्ट्र जोगाऔं र महेन्द्रबादलाई जर्गेणा गरौ’ भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्रको १०८ औं जयन्ती एवम् अस्तुबोध दिवस वीरगञ्जमा मनाइएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले वीरगञ्जको नगरसभा गृहमा रहेको महेन्द्र शाहको शालिकमा माल्यार्पण गरेर जयन्ती मनाएको हो ।

स्वर्गीय राजा महेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलले २०१७ सालमा स्वर्गीय राजा महेन्द्रले चालेको कदम जस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले कदम नचाले सम्म देश र जनताले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसक्ने बताए । अहिलेको परिवेशमा महेन्द्रबाद कायम नभएसम्म देशमा शान्ति सुरक्षा जनताले नपाउने उनको धारणा छ ।

कार्यक्रममा मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरै, नगर अध्यक्ष उपेन्द्र कुमार बरै, जिल्ला उपाध्यक्ष महेन्द्र साह, कोषाध्यक्ष चन्दन कुमार साह, सहसचिव सुमेश कुमार, सजदेव साह, शैलेस पटेल, मोहन महतो, बिजु पटेल, किशोरी राउत कुर्मी, सन्नी साह लगायतले स्वर्गीय राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्दै उनका जिवनीका बारेमा चर्चा गरेका थिए ।

यसैगरी नेपाल राष्ट्रवाद संघ पर्साले स्वर्गीय राजा महेन्द्रको १०८ औं जयन्ती एवम् अस्तुबोध दिवसको अवसरमा वीरगञ्जमा ¥याली निकालेको छ । वीरगंजको घण्टाघरबाट बाजागाजा सहित निकालिएको ¥याली वीरगञ्जको बिभिन्न भागको परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगी सभामा परिणत भएको राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका प्रेस संयोजक प्रणय कुमारले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० पुष १,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० पुष १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद