काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका घाइते पर्साका मुन्सी पटेललाई ह्वील चेयर प्रदान गरेका छन् ।
आफ्नो चुनावी क्षेत्र बारा–२ पुगेको बेला अध्यक्ष यादवले आज वीरगञ्जस्थित पटेलको घरमै पुगेर सो ह्वील चेयर प्रदान गरेको जसपाका केन्द्रीय सदस्य आत्मराम साहले बताए ।
२०७२ मा संविधान जारी भइरहेको बेला भएको आन्दोलनमा प्रहरीको गोली पटेलको खुट्टामा लागेको थियो । गोली लागेपछि उनको उपचार त भयो तर हिँडडुल गर्ने अवस्थामा छैन । अपाङ्ग भएर ओछ्यानमै आफ्नो जीवन बिताइ रहेका पटेललाई ट्वाइलेट सुविधाको यो व्हील चेयरले हिँडडुल गर्नमा सजिलो हुने विश्वास गरिएको नेता साहले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस



