Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव हिजोवाट वधिवत रुपमा शुरु भएको हो । पहिलो दिन हिजो जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गराइएको थियो ।

त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ ।

भोलि विवाह पञ्चमी थालनी भएको पहिलो दिन राम बनेका व्यक्तिले धनुष भाँचेपछि चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन स्वंयर गरेर रामसीताको विवाह उत्सव सम्पन्न हुन्छ ।महोत्सवको तेस्रो दिन भोलि धनुष यज्ञ, चौथो दिन शुक्रवार तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ । यसपटक विवाह पञ्चमी अवधिभर नेपाल र भारतबाट झण्डै दुई लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

महोत्सवलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आउँदो शुक्रबारदेखि आइतबारसम्म माछामासु र मदिरा बिक्रीमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० मंसिर २७,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० मंसिर २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद