वीरगञ्ज । नेपाल भोजपुरी समाज वीरगञ्जले कन्चन जंगा ईंग्लिश बोर्डिङ स्कूलमा आफ्नो २३औ प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ ।
समाजका अध्यक्ष धु्रवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव राजेन्द्र सिंह राजपुतले बोर्डिङ स्कूलका कक्षा ९ र १० का बिध्यार्थीहरुलाई भाजपुरी भाषा साहित्य तथा कला संस्कृतिको बारेमा बिषेश प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा कन्चन जंगा ईंग्लिश बोर्डिङका प्र.अ.मार्टिन मोक्तान, शिक्षक शिक्षिका समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, समाजका सल्लाहकार मनोज मिश्र, पत्रकार राजकुमार सरार्फको सहभागिता रहेको थियो ।
नेपाल भोजपुरी समाजले हरेक शुक्रबार बिध्यालयमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस



