वीरगञ्ज । वीरगञ्जको अशोकवाटिकास्थित माउन्ट मकालू इंगलिश बाेर्डिङ्ग स्कुलमा बिहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ३५० जनाको निःशुल्क दन्त परिक्षण गरिएको छ ।
शान्ति पॉलिक्लिनिकको सहकार्यमा माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुलद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँत जेकजाँच गरिएको हो ।
शिविरमा डा. प्रीति चौरसिया, डा. समझना यादव, डा. बिकाश पटेलले विद्यार्थीहरुको दाँत परीक्षण गरेको स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवले बताए ।
शिविरमा स्कूलका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तव, लिटल बडी इन्टरनेशनल प्रि-स्कुल वीरगंजका प्रिन्सपल बिजय कुमार बल, वाईस प्रिन्सपल माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुलका रेखा जैसी, संचारकर्मी दिपु वर्णवाल लगायतकाे उपस्थिति रहेको थियो ।



