वीरगञ्ज । पर्सामा बाख्रालाई पता खुवाउन घर नजिकै भिलोरको रुखमा चढेर पात टिपने क्रममा रुखमा रहेको ११ हजार भोलटको तारमा सटेर एक जना पुरुषको मृत्यु भएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर ५ टोल मनिहर्वा बस्ने स्थानीय चोकट साह तेलीको घटना स्थलमै आज दिउँसो १ बजे मृत्यु भएको हो ।
तेलीको घटना स्थलमै मृत्यु भएको प्रत्येकदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवले बताउनु भएको हो ।
घटना स्थलमा मुचुल्का गर्ने ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी टोलि घटना स्थलमा पुगेर लासको पोष्टमाडमको लागि वीरगञ्ज नारायणी अस्पतालमा पठाउने तयारी भैइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी नीरिक्षक रामराजा केसरीले जानकारी दिनु भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



