Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिमरा बिमान स्थलमा हवाई ईन्धन रिफयुलिङ्ग स्टेशनको स्थापना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको सिमरा बिमान स्थलमा नेपाल आयल निगम लिमिटेडको हवाई ईन्धन रिफयुलिङ्ग स्टेशनको स्थापना भएको छ ।

सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजमा पहिलो पटक हवाई इन्धनको रिफ्युलिङ्ग गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

मन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताउँनुभएको छ । सिमरा विमानस्थलमा नेपाल आयल निगम लिमिटेड हवाई इन्धन रिफ्युलिङ्ग स्टेसनको उद्घाटन गर्दै उद्योग मन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताउँनुभयो ।

यसअघि आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दा चौतर्फी विरोधपछि बढेको मूल्य फिर्ता लिएको थियो ।ग्यासमा हामीलाई २५० रुपैयाँ घाटा छ, यसलाई यथास्थितिमा राख्न कठिन छ, तैपनि कोसिस गरिरहेका छौँ आयल निगमका सीईओलाई म अनुरोध गर्दछु ग्यासमा आम जनताको उपभोगका लागि कम मूल्यमा र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा बढी मूल्य राखेर बिक्री गर्दा हामीले धेरै घाटा कम गर्न सक्छौँ ।

’  मन्त्री रिजालले भन्नुभयो आम जनताले उपभोग गर्ने ग्यास र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताउँनुभयो ।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भए पनि राज्यको पूणर् स्वामित्वको संस्था भएकोले सेवामूलक भएको बताउँनुभयो ।

भरतपुर, सिमरा र जुम्ला विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसन राख्ने हाम्रो नीति तथा कार्यक्रममा पनि थियो,’ थानीले भने, ‘सिमरा विमानस्थलमा रिफ्यूलिङ्गको काम सुरुवात भएको छ ।

अब चाँडै नै भरतपुर र जुम्लामा पनि गर्ने जानकारी गराउँदछु ।’कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सिमरा विमानस्थलमा रिफ्युलिङ्ग स्टेसन राख्ने ३ महिनादेखिको प्रयास सफल भएको बताए ।

पौडेलले विगतमा सिमरा विमानस्थलबाट पोखरा हुँदै आएको हवाई उडान सुचारु गर्न पहल गरिदिन मन्त्री रिजालसँग अनुरोध गर्नुभयो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर १७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद