Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ६ आदर्शनगरमा रहेको राधादेवी मेमोरियल लायनेस स्कुल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने भएको छ ।

विद्यालय संचालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रका बीच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कुल अबदेखि महानगर र लायन्स दुबैले संयुक्त रुपमा संचालन गर्ने सहमति भएको हो ।

विगतमा बेवारिसे अवस्थामा रहेको स्कुललाई पुनर्जीवन दिएर नयाँ ढंगबाट गुणस्तरीय पठन पाठनको व्यवस्था मिलाउने गरी संचालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताए ।

उनले विद्यालय संचालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा परिवारलाई आभार प्रकट गर्दै अहिलेको समयमा पनि व्यक्तिगत भन्दा सामाजिक हितका लागि दान गर्ने शर्मा समाजकै लागि उदाहरणीय व्यक्ति रहेको बताए ।

जग्गा दाता परिवार र लायन्सको सोच अनुरुप विद्यालयलाई गुणस्तरीय र सबैको पहुँचमा रहने गरी पठन पाठन गराउने व्यवस्था महानगरले गर्ने भन्दै उनले त्यसका लागि आवश्यक गृहकार्य गर्न शिक्षा महाशाखालाई निर्देशन समेत दिए ।

कार्यक्रममा वरिष्ठ उद्योगी अशोक वैद्यले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदम सह्रानीय रहेको बताए ।

विद्यालय संचालनका लागि मुरलीधर शर्माले २०३८ असार १५ गते ७ कट्ठा ५ धुर जग्गा विद्यालयको नाममा रजिष्टर्ड गरेरै दान दिएका थिए । मुरलीधर शर्मा र उनको धर्मपत्नी विमलादेवी शर्मालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

विद्यालय संचालनका लागि दान गरेको जग्गामा गएको ४२ वर्षदेखि विद्यालय संचालन बेवारिसे रुपले भइरहेको भन्दै जग्गा दाता शर्माले असन्तोष व्यक्त गर्दै आएका थिए ।

अब भने महानगरले नै विद्यालय संचालन गर्ने जमर्को गरेकाले गुणस्तरीय र सबैको पहुँचमा रहने गरि विद्यालय संचालन हुनेमा आफू विश्वस्त रहेको पनि शर्माले बताए ।

लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष पप्पु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, लायन्स क्लब अफ वीरगंजका भुतपूर्व अध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनित जयसवाल, ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० मंसिर १७,आईतवार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० मंसिर १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद