Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिवम बचतको १३ औँ साधारण सभा सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटमा रहेको शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारणसभा आज बिन्दबासिनी होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ । वार्षिक तथा साधारणसभाको उदघाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका संचालक हरेराम प्रसाद पटेलले गर्नुभएको हो । उहाँले भने यश सहकारी संस्थाले चार करोड मुनाफा गर्न सफल भएकोमा बधाई समेत दिनु थियो ।

अहिले बीरगंजमा सबैभन्दा उत्कृष्ट सहकारीको रुपमा आफुलाई अब्बल भएकोमा आफुलाई खुशी लागेको बताए । उनले भने सहकारीले अपनाउनु पर्ने निति सम्पूर्ण अपनाएकोले जसले यश सहकारीमा बचत गर्ने बचत कर्ताहरु भाग्यमानी भएको बताउदै थप आगामी दिनमा यो भन्दा राम्रो अगाडि बढन सुझाव दिनुभएको थियो ।

साधारणसभामा नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खण्डका ,नेपाल कलवार कल्याण महासंघका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता ,सिएमसि क्लब पर्साका अध्यक्ष एवम् गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक रविभुषण श्रीवास्तव, कलवार कल्याण समितिका इन्द्र देव साह कलवार ,दिपक राज भन्डारी राष्ट्रिय सहकारी बैंकका संजय महतो जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित ,लगायतले शुभकामना एवम् सुझाव राख्नुभएको थियो ।

शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक राजेन्द्रप्रसाद जैसवालले संस्थाले गरेका गतिविधि बारेमा प्रकाश गर्ने क्रममा आ,ब २०७९र८० मा कुल आम्दामी कुल ११ करोड ५० लाख ५३ हजार कमाउन सफल भएको बताए । भने संस्थाले कुल नाफा रु ४ करोड ५१ लाख ३९ हजार गरेको र बितिय संस्था मध्ये आन्तरिक राजस्व बुझाउने संस्था भएकोमा सम्मानित समेत भएको बताए ।

संस्थाले अहिले १८५ कर्मचारीहरुलाई बोनस र तीन महिना सम्मको तलब बराबरको बिना ऋण लगानी गर्ने योजना समेत रहेको जानकारी दिनुभएको छ। उत्कृष्ट ऋणहरु जमिला खातुन ,सुरस्ती देवी ,चम्चा देवी ,विशनाथ पण्डित ,रहमणनी खातुन लगायतलाई नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा बीरगंज कलेजमा अध्यापन कक्षा ११ का विद्यार्थीहरु रोजिना चौधरी ,करिशमा चौधरी ,स्नेहा गौरो,सुस्मिता पटेलले उपस्थित प्रमुख अतिथि अतिथिहरुलाई नृत्य मार्फत मनोरञ्जन दिएका थियो । कार्यक्रमको संचालन शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा प्रमुख डिके जैसवालले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर १६,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद