Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा एक हजार रुपैयाँ दरको नक्कली नोटसहित २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । एक हजार रुपैयाँ दरको नक्कली नोटसहित पर्सा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नक्कली नोट प्रयोग गरेर किनमेल गरिरहेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट दुई युवकहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट ३८ वटा एक हजार दरको गरी कूल ३८ हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको समेत जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार गत शुक्रवार नक्कली नोट प्रयोग गरेर दुई जनाले वीरगञ्ज – ८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्न खोजीरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका – ३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका – ३ निवासी २५ वर्षीय उमेश कुमार रहेका छन् ।

ऋषिलाल र उमेशले गत कार्तिक २४ गते शुक्रवारका दिन साँझ ८ बजेको समयमा सिटी मार्केटस्थित एक पसलबाट नक्कली नोट प्रयोग गरेर कपडा खरिद गर्न खोजेको डिएसपी थापाले बताए । सोही क्रममा पसलेले नक्कली नोट पहिचान गरी प्रहरीलाई खबर गरेका थिए ।

नक्कली नोटको विषयमा खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले ऋषिलाल र उमेशलाई कानुनी रीत पुर्‍याई खानतलासी गर्दा उनीहरूको साथबाट एक हजार दरको ३८ थान गरी ३८ हजार रुपैयाँको नक्कली नोट बरामद भएको डिएसपी थापाले जानकारी दिए । ऋषिलाल र उमेश हाल प्रहरी नियन्त्रणमा छन् र उनीहरूविरुद्ध खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाको भनाई छ ।

वीरगञ्जमा यसअघि पनि विभिन्न समयमा नक्कली नोटहरू बरामद भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० मंसिर १,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० मंसिर १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद