वीरगञ्ज । वीरगञ्ज स्थित वडा नं १० मा रहेको घडीअर्वा पोखरीमा छठघाटको सम्पूर्ण तयारी पूरा भएको छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानूले छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको बताए । उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करीब १५ लाख ४१ हजार ५०० सय रुपियाँ खर्च हुने अनुमान गरिएको बताए । उनले टेन्ट–पण्डालमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियो ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८ हजार , सरसफाइमा ६० हजार खर्च अनुमान गरिएको बताए।
त्यस्तै सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानु ले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाक मा गरी १५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट्स क्लबका ५० जना स्वंयसेवक परिचालन गरिने जानकारी गराए । यस्तै छठघाट परिसरमा २० वटा भन्दा बडि सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए । कार्यक्रम अवधिभर सुरक्षा लाई मध्यनजर गर्दै वारुणयन्त्र र एम्बुलेन्स सेवा परिचालन गरिने उनले बताए ।
आज भएको पत्रकार समेलन घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति का अध्यक्ष दिप कुमार कानुको अध्यक्षता मा बसेको थियो भने प्रमुख अतिथी वडा नं १० का वडा अध्यक्ष सुशील साह कानु रहेका थिए । उक्त समेलन मा छठ पुजा का पुर्व अध्यक्ष हिरा कानु , प्रेम कानु , मदन प्रसाद गुप्ता हाल का उपाध्यक्ष राकेश साह कानु ,कोषाध्यक्ष तिलक साह,सह-कोषाध्यक्ष कन्हैयालाल गुप्ता,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरी शंकर गुप्ता लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति प्रचार प्रसार उपसमिति का संयोजक क्रान्ति साह ले गरेका थिए ।



