वीरगञ्ज । असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराइएको छ । छठ पर्वको शुभ उपलक्षयमा शुभकामना सहित कपडा बैंक द्वाराविहीबार वीरगञ्जको घण्टाघरमा निःशुल्क कपड़ा वितरण गरेको छ ।
प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगञ्ज –८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले छठपर्वको अवसरमा बिहिवार वीरगञ्जको घण्टाघरमा नया साडी २४ थान गरि १००० थान कपड़ा वितरण गरिएको अध्यक्ष लालबाबु सिंहले बताउनु भयो ।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि,,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई कृष्ण नन्दन ठाकुर लगायत संस्थाका उपाध्यक्ष मोनिका सिंह,निवर्तमान अध्यक्ष रम्भा मिश्रा,पुर्व अध्यक्ष बृजेश्वर प्रसाद चौधरी, सल्लाहकारद्वय अधिवक्ता पन्नालाल गुप्ता– ओम प्रकाश सराफ,,युवा समाजसेवी हुकुम सिंह राजपुत,सदस्य हरेंद्र पटेल,संजय मंडल, शोभा देवी, राहुल सिंह राजपुत ,क्रान्ती साह, पत्रकारहरु निरज पिठाकोठे मगर , प्रणय साह, राज सराफ, संजय दास थारु, घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ कृष्णनन्दन ठाकुर लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।



