वीरगञ्ज,२५कार्तिक । वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप फुटबलको उपाधीका लागि फाइनल खेल आज शनिबार हुदैंछ ।फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
गाेल्डकपकाे उपाधिका लागि दुई विभागीय टोलीबिचकाे फाइनल खेल आदर्शनगर रंगशालामा दिउँसाे १ बजेदेखि सुरु हुने आयाेजक भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिए।
सेमिफाइनलमा संकटा क्लब काठमाडौंलाई १–० ले हराएर आर्मी फाइनलमा प्रवेश गरेको हाे भने पुलिसले भने यसअघि बुधबार भएको सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेकाे हाे।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी थिए।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयाेजक क्लबका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।



