Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा सञ्चालनमा आयो मधेस प्रदेशकै पहिलो क्युएफएक्स सिनेमा हल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  मधेस प्रदेश कै पहिलो सुविधा सम्पन्न मल सञ्चालनमा आएको छ । वीरगञ्जस्थित आदर्शनगरमा “स्काइलाइन” नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।

वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेश कै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ । मलले नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।

त्यस्तै मलमा भारतमा सय सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्यात होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन् लागेको छ । आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभ्र पोर्टीको होटेलले वीरगञ्ज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको विश्वास छ ।

दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फन्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप स्काइ रेस्टुराँ एन्ड बारलगायतको सुविधा रहेको छ । हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समय भित्रै पूर्ण रूपमा खुल्ने आउने बताइएको छ ।

बिहीबारदेखि मलमा रहेको क्यूएफएक्स सिनेमा हल भने सञ्चालनमा आएकोछ । तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू हलको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

सिनेमा हलमा एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगञ्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।

सिनेमा हल शुक्रवारदेखि दर्शकहरूका लागि खुल्ने सञ्चालकले जनाएका छन् ।

मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगञ्ज बजारमा आर्थिक गतिविधि चलायमान हुने सञ्चालकहरूले विश्वास लिएका छन् । आर्थिक नगरी वीरगञ्जमा अन्य सम्पूर्ण सुविधा रहे पनि मल नहुँदा यहाँका बासिन्दाले खल्लो महसुस गर्ने गरेकोले उनीहरूकै माग अनुसार मल सञ्चालनमा ल्याइएको सञ्चाललक बताउँछन् ।

मलमा वीरगञ्जवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा लिन सक्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद