वीरगञ्ज । वीरगञ्जमा सुबिधा सम्पन्न होटेल खुलेको छ ।वीरगञ्ज महानगरपालिका ८ लिँकरोडस्गित सुबिधा सम्पन्न होटेल बिराट एण्ड प्लाजा खुलेको हो ।बुधबार बिधिवत रुपमा पुजा गरेर होटेलको उदघाटन गरिएको छ ।होटेल वीरगञ्जका सेवाग्राहीसँगै नेपाल र भारतका पर्यटकहरुलाई लक्षित गरेर खोलिएको हो ।होटेलमा वीरगञ्जमा रहेको अन्य होटेलहरु भन्दा कम मुल्यमा सुबिधा सम्पन्न सेवा र कोठाहरु उपल्बध रहेको होटेलका सुपरभाईजर अर्जुन पौडेलले जानकारी दिए ।
उनले वीरगडञ्जबासीसँगै नेपाल र भारतका पर्यटकहरुलाई पनि वीरगञ्जमा सस्तो मुल्यमा गुणस्तरीय सेवाको लागि होटेल बिराट एण्ड प्लाजालाई सम्झिन आग्रह गरे ।होटेलमा डिलक्स र लग्जरियस रुमको ब्यावस्था रहेको छ ।
वीरगञ्जका होटेलहरुले पडलक्स सेवा ३५ सय दिने गरेकोमा यस होटेलले २५ सयमा दिने बताईएको छ ।रहोटेलका रुपहरुमा सेपरेट राउटर राखेका कारणले ईन्टरनेट स्लो नहुने,सबै रुममा दुई जना मानिसलाई पुग्ने कफिर चिया बनाउने ब्यावस्था राखिएको छ ।यस्तै तातो र चिसो पानीको ब्यावस्था,हेयर ड्राईरको ब्यावस्था पनि गरिएको छ ।



