Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको यातायात कार्यालयमा अनलाइन प्रणाली लागु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१कार्तिक । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीकाे सहजताका लागि मंगलबारदेखि अनलाईन प्रणाली कार्यान्वयनमा ल्याइएको छ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमल गाैतमले बताए।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगन्जमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाे गाैतमले जानकारी दिए।

अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएपछि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ । प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाएको गौतमले बताए ।कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको हाे।

अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा अनलाइन प्रणाली बाटै गर्न मिल्ने गाैतमले बताए। #मधेश खबर

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद