वीरगञ्ज । वीरगञ्जमा रहेको नारायणी अस्पताल बिकाश समितिको अध्यक्षमा धिरज गुप्ता नियुक्त भएका छन ।गूपतालाई गत कार्तिक १७ गतेको मन्त्री स्तरीय निर्णयबाट अस्पताल बिकाश समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २० निवासी गुप्ता नेपाली काँग्रैसका नेता हुन ।अगामी तीन बर्षको लागि गुप्तालाई अध्यक्षमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नारायणी अस्पताल विकास समिति गठन आदेश, २०७६ को दफा ३ को उपदफा (२) (क) मा भएको व्यवस्था वमोजिम तपाईलाई नारायणी अस्पताल विकास समितिको अध्यक्ष पदमा३ वर्ष पदावधि रहने गरी मन्त्रीस्तरको निर्णयानुसार मनोनयन गरिएको हो ।अहिलेको स्वासथय तथा जनसँख्या मन्त्री नेपाली काँग्रेसकै नेता मोहन बहादुर बस्नेत छन ।नव नियुक्त अध्यक्ष गुप्ताले आफुले आजैदेखि कार्यभार सम्हालेको तथा अस्पतालमा उपस्थित भएको जानकारी दिए ।



