Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषण मुक्त बनाउन महानगरको अनुगमन तिब्र, २ उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउँदै, केहीकोे बदमासी अझै यथावत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २०,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

सिर्सिया नदी प्रदुषण मुक्त बनाउन महानगरको अनुगमन तिब्र, २ उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउँदै, केहीकोे बदमासी अझै यथावत

वीरगंज, २० कात्तिक । वीरगंज महानगरपालिकाको निरन्तरको अनुगमन र कारबाही पछि सिर्सिया नदी प्रदुषण गर्न मुख्य जिम्मेवार रहेका उद्योगहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।

महानगरका मेयर राजेशमान सिंहले कार्यभार सम्हाले लगत्तै गएको वर्षबाटै अनुगमन र कारबाहीलाई तिब्रता दिएपछि प्रदुषण नियन्त्रणका लागि उद्योगीहरुले उद्योगबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर ट्रिटमेन्ट गर्न प्लान्ट बनाउन सुरु गरेका हुन् ।

नदी प्रदुषण मुक्त बनाउन नदीको आसपास रहेका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाही सँगै उद्योगमा नै शीलबन्दी गर्ने मेयर सिंहले चेतावनी पछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् ।

यस अघि नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएका ५ वटा उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेपछि ३÷३ लाख रुपैयाँ जरिबाना गरिएको थियो ।

उद्योगबाट निस्कने केमिकल सहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित बन्न पुगेको हो ।

महानगरको निरन्तरको अनुगमनपछि मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको छ ।

ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।

समितिले आइतबार र सोमबार नदी आसपासमा रहेका उद्योगहरुको अनुगमन गरेको थियो । यस अघि महानगरपालिकाका मेयर राजेशमान सिंह आफैले नदीको अनुगमन गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद