वीरगञ्ज । भन्सार छली चोरी पैठारी गरि वीरगञ्ज ल्याइएको करिब ९० हजार रुपैयाँ मुल्यको विदेशी चकलेट प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोडमा अवस्थित रामबाबु प्रसाद कलवारको घरमा भण्डारण गरि राखिएको चकलेट प्रहरीले बरामद गरेको हो ।
कलवारको घरमा एक कारोबारीले कोठा भाडामा लिई लुकाएर राखेको डयाडी बम चक्लेट–२१० डिब्बा, विलानो चक्लेट–१८७ डिब्बा, सफटी टाईम चक्लेट–३७ डिब्बा, कुकिज चक्लेट– ४८ डिब्बा, स्पेन बम चक्लेट–१६ डिब्बा र चोका फ्रि चक्लेट–१५६ डिब्बा बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद चकलेटको बजार मुल्य अन्दाजी ९० हजार ४९० रुपैयाँ रहेको प्रहरीको भनाई छ । बरामद चकलेट आवश्यक कारबाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



