Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्राफिक प्रहरी निरीक्षक खतिवडा आए देखि पर्सा जिल्लामा ट्राफिक नियममा कडाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १७,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रत्येक देशले सवारी दुर्घटनाबाट बच्न सवारी ब्यवस्थापन र सडक अनुशासन कायम गर्ने गरेको छ । देश पिच्छे दण्ड जरिवाना,सजाय,र कानुनी प्रावधानहरु फरक फरक रहेका छन ।

नेपालमा पनि सवारी साधनको बढ्दो माग , साघुरो बाटो तथा पुरानो सडक परम्परागत ट्राफिक ब्यवस्थापन प्रणाली चेतनाको कमि मुखय चुनौतीको रुपमा रहेका छन। दुर्घटनालाई पुर्ण रुपमा उन्मुलन गर्न सकिदैन तर सचेत प्रयत्यन द्वारा दुर्घटना कम गर्न सकिन्छ । सवारी तथा सडक दुर्घटनाको मुख्य कारक तत्व भनेको मानवीय कारण हो ।

वीरगञ्जमा पनि अहिले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी पर्साका प्रमुख भास्कर खतिवडा दिनरात काम गरेर पर्सावासीलाई अनुभुति गराउन सफल भएका छन। उनी आउनु भन्दा पहिला पर्सा जिल्लाको स्थिति भयावह रहेको तथा अहिले ट्राफिक नियमको पाल्ना कडाइका साथ लागू गरिएपछी सवारी दुर्घटना केही हद सम्म कम भएको छ।

अहिले पर्सा जिल्लामा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको कारण सडक दुर्घटना कम हुन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए हामी ट्राफिक नियम बारे सचेत हुदा हुदै समेत जानी-जानी नियम उल्लघंन गर्छौ। हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ उनले बताए।

अहिले ट्राफिक प्रहरी पर्साको सवारी कारवाही तथा जरिवाना सम्बन्धि विवरण हेर्दा श्रावण महिनामा कुल ७१४ जना सवारी साधनलाई कारवाही गरिएको र जरिवना मार्फत रु ६,२६,५०० रकम संकलन गरिएको छ। भाद्र महिनामा १३१६ जाना सवारी साधन लाई कारवाही गरिएको तथा कुल १२,११,५०० हजार रकम संकलन गरिएको छ भने असोज महिना मा ११५९ सवारी साधनलाई कार्वाही गरि कुल १९,०३,५५० उठाइएको छ ।

त्यस्तै सवारी दुर्घटनामा श्रावण महिनामा २ जनाको मृत्यु भएको ५ जना सख्त घाइते भएका छन भने ८१ जना समान्य घाइते भएका छन । भदौ महिना मा ४ जना को मृत्यु भएको छ भने १३ जना सख्त घाइते भएका छन तथा ६३ जना समान्य घाइते भएका छन । त्यस्तै असोज महिनामा ५ जना को मृत्यु भएको १५ सख्त घाइते भएको तथा ३९ जना सामान्य घाइते भएका छन । सभार : प्रहार डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक १७,शुक्रबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक १७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद