Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको सिर्सिया नदीमा छठसम्म प्रदूषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषित गर्दै आएका उद्योगीहरुले छठ पर्वसम्म नदीमा प्रदूषण नगर्ने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको अग्रसरतामा बिहीबार बसेको सरोकारवाला उद्योगीहरुको बैठकमा उद्योगका सञ्चालकहरुले आगामी दीपावलीदेखि छठ पर्वसम्म सिर्सिया नदीमा प्रदु्षण र फोहोर पानी विर्सजन नगर्ने प्रतिबतद्धता जनाएका हुन्।

बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योगका सञ्चालकहरुको सहभागिता थियो।

बैठकमा उद्योगीहरुले सिर्सिया नदीमा दीपावलीदेखि छठ पर्वसम्म उद्योगहरुले सफा पानी प्रवाहित गर्ने प्रतिबद्धता समेत जनाएका संघका अध्यक्ष अनिल अग्रवालले जानकारी गराए। छठ पर्व बितेपछि लगतै फेरि सरोकारवाला उद्योगहरुको उपस्थितिमा पुनः वृहत बैठकको आयोजना गरी सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन ठोस कार्य योजना सहित अगाडि बढ्ने र त्यसको पहल संघले गर्ने अध्यक्ष अग्रवालले बताए।

छठसम्म मात्र नदीमा प्रदूषण नगर्ने प्रतिबद्धता किन ? अनि त्यसपछि फेरि प्रदूषण गरिरहने हो ? भन्ने प्रश्नमा अध्यक्ष अग्रवालले भने, ‘अहिलेलाई छठ नजिकै आइसकेकाले यस्तो प्रतिबद्धता उद्योगीहरुले जनाएका हुन्। छठलगत्तै फेरि वृहत बैठक बसेर नदीलाई दीर्घकालसम्म कसरी सफा र स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना बनाउँछौं।’

संघका अध्यक्ष अग्रवालकै अध्यक्षतामा बसेको बैठकमा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी साहका साथै उद्योगीहरुको सहभागिता थियो।

वीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषणको सिकार बन्दै आएको छ। पर्सा–बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोरजन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा विसर्जन गर्दै आएका कारण नदी प्रदुषित बनेको हो।

नदीलाई प्रदूषणमुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पाँच वटा उद्योगहरुलाई जनही तीन/तीन लाख रुपैयाँका दरले जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी फाल्दै आएका थिए।

अघिल्लो महिनामात्रै वीरगन्ज महानगरपालिकाले आर्थिक जरिवाना गर्दासमेत उद्योगहरुले अटेर गर्दै आएकाले अब नदी प्रदुषित गर्ने उद्योग शील गर्ने चेतावनीसमेत दिएको थियो। सभार : अन्नपूर्ण पोस्ट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक १७,शुक्रबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक १७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद