Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्वाधिक धनराशिको वीरगञ्ज गोल्डकप प्रतियोगिताको तयारी पूरा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भेट्रान्स सिटी क्लब, वीरगञ्ज आयोजनामा कात्तिक १८ गते शनिवारदेखि हुन गइरहेको प्रथम वीरगञ्ज गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रथम वीरगञ्ज गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बिहीवार पत्रकार सम्मेलन गरेर आयोजक क्लबले जानकारी गराएको छ ।

क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगञ्ज हुन गइरहेको प्रथम वीरगंज गोल्डकप प्रतियोगिता मधेस प्रदेशकै सर्वाधिक धनराशिको प्रतियोगिता भएको र यसको सम्पूर्ण तयारी पूरा भएको दाबी गरे । उनले १८ गतेदेखि प्रतियोगिता शुरू हुने र २५ गते सम्पन्न हुने जानकारी गराउँदै प्रतियोगितामा प्रथम हुने टीमलाई ११ लाख ११ हजार एक सय, दोस्रो हुने टीमलाई रु पाँच लाख ५ हजार ५५५, शिल्ड, मेडल, प्रमाणपत्रसहित पुरस्कृत गरिने बताए ।

प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’को पनि व्यवस्था गरिएको र विधागतरूपमा सो उपाधि प्रदान गरिने महासचिव श्रेष्ठले बताए । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, नवलपरासीको एपिआई, पावर, चर्च, ब्वाइज युनाइटेड र झापाको एएफसी गरी आठवटा टीम सहभागी हुने उनले बताए । उनले प्रतियोगिताको लागि मुख्य प्रँयोजक वीरगञ्ज महानगरपालिकाले रु २५ लाख सहयोग गरेको जानकारी गराएका थिए । उनले प्रतियोगितामा कुल ८० लाख खर्च हुने बताए ।

सहयोगीमा जगदम्बा सिमेन्ट, पर्सा फूटबल सङ्घ, क्रिएटिभ वल्र्ड डिजिटल, आरएस लोजिस्टिक एन्ड सिपिङ र गौतम मावि रहेका छन् ।

प्रतियोगितामा दैनिक पाँच हजार दर्शक खेल हेर्न आउने अनुमान गरिएको छ । टिकटदर भने प्रत्येक खेलको रु एक सय र प्रतियोगिता अवधिभरका लागि रु एक हजार राखिएको महासचिव श्रेष्ठले बताए ।

पत्रकार सम्मेलन क्लबका अध्यक्ष सविन बस्नेतको अध्यक्षतामा भएको थियो भने वरिष्ठ उपाध्यक्ष सागर राणा, सल्लाहकार रोशन गुप्तालगायतको सहभागिता थियो ।

वीरगञ्जमा लामो समयपछि अन्तर्राष्ट्रियस्तरको फूटबल प्रतियोगिता हुन गइरहेको छ । यसअघि, पञ्चायतकालमा महेन्द्र गोल्डकप, प्रजातन्त्र आएपछिमा शहीद तेजबहादुर अमात्य गोल्डकप, लक्ष्मण थापा गोल्डकपजस्ता प्रतियोगिता भएको थियो भने गणतन्त्र आएपछि वीरगंजमा विशाल गोल्डकप प्रतियोगिता भइरहेको छ । वीरगंजमा नारायणी रङ्गशाला र आदर्शनगर रङ्गशाला भएपनि फूटबल प्रतियोगिता भने नगन्यरूपमा हुने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० कार्तिक १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद