Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल स्काउट निमाविद्धारा रक्तदान कार्यक्रमको आयोजना, २७ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १५,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीको आयोजना तथा बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष बिवेक चौरसियाले रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

रक्तदान गर्नेहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसिया, मन्जेस कुमार, अमित कुमार साह, योधन चौरसिया, कृष्ण मोहन साह, मुना ठाकुर, अजय गुप्ता, जयचन्द्र चौरसिया, ईजहार राउत गद्दी, सुकेस दास तत्वा, रबि शंकर सिंह, सुर्यमोहन चौरसिया, राज किशोर भगत, अरुण कुमार चौरसिया, भभिखन साह, अरबिन्द चौरसिया, बृजेश चौरसिया लगायतकाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकोे छ ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौरसियाले ईटियाही गाउँमै पहिलो पल्ट रक्तदान भएकोमा आयोजकलाई धन्यबाद दिदै आउने दिनहरुमा पनि गाउँघरलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका थिए ।

स्वस्थ्य व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गर्न आग्रह गरेका थिए । अहिले पनि गाउँघरमा रक्तदान गर्दा कमजोरी हुने, स्वास्थ्यमा समस्या आउने जस्ता गलत सोंच र प्रवृति रहेको बताउदै त्यस्तो कुनै पनि समस्या नहुने गरेको प्रष्ट पारेका थिए । उनले हरेक ३÷३ महिनामा रक्तकोशिका आफै नष्ट भएर जाने भएकोले सबै स्वस्थ्य व्यक्तिलाई रक्तदान गर्न सुझाएका थिए ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिस कुमार साह, जानकी चौधरी लगायतको समुहले प्राविधिक सहयोग गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया, स्थानिय मुनिलाल दास, देवनारायण साह, महेन्द्र साह, प्रदिप चौरसिया, छठुलाल चौरसिया, युवा नेता उपनेश चौरसिया, झगरु साह, नथुनी चौरसिया, संतोष चौरसिया, सञ्चारकर्मी जगत राई, हन्ट नेपाल मिडिया प्रा लि. का संचालक रामेश्वर चौरसिया ,भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय चौरसिया, रंजित चौरसिया ,मुना ठाकुर, राजकिशोर भगत, दिपक चौरसिया लगायत विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवि लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमुख अतिथि बिवेक चौरसिया, वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालय अध्यक्ष मुकेश चौरसिया, प्रअ प्रमोद प्रसाद चौरसिया लगायतका अतिथिहरुले प्रशंसा पत्र प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक १५,बुधबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद