Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई सेवा सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १५,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ ।

नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपैयाँमा खरिद गरी एमआरआई मेसिन ल्याएको थियो । यद्यपि प्राविधिक कारणवश मेसिन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो ।

गत असोज १३ गते अस्पतालको १ सय ३१ औँ स्थापना दिवसमा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले एमआरआई मेसिनको उद्घाटन समेत गरेका थिए । तर प्राविधिक कारणले मेसिन अस्पतालले सञ्चालनमा ल्याउन सकेको थिएन ।

मङ्गलवारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलो पटक एमआरआई सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए । पहिलो दिन दुई जना बिरामीको एमआरआई गरिएको जानकारी उनले दिए ।

नारायणी अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको एमआरआई मेसिन नेपालभरमै उत्कृष्ट र अद्यावधिक मानिएको ७६ च्यानल र थ्री टेस्लाको रहेको उनले बताए । आन्तरिक परीक्षण र विशेषज्ञको टोलीले विशेष तालिम लिएपश्चात् मङ्गलवारदेखि एमआरआई मेसिन पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए ।

डाक्टर सिंहले भने, ‘विगतमा पावर ब्याक अपको समस्या र केही प्राविधिक कारणले गर्दा मेसिन जडान गरेर पनि सञ्चालनमा ल्याउन सकेका थिएनौँ । जसका कारण अनेक आलोचना पनि भएको थियो ।’

एमआरआई मेसिन चलाउनका लागि आवश्यक विद्युतीय ऊर्जा अस्पतालमा नहुँदा भाडामा पाँच सय केभिएको जेनरेटर ल्याएर एमआरआई सेवा सुरु गर्नु परेको उनले बताए । उनले भने, ‘अस्पतालमा २०० केभिएको मात्र जेनरेटर थियो । तर एमआरआई मेसिन चलाउन पाँच सय केभिएको जेनरेटर चाहिन्छ तर त्यो अस्पतालमा उपलब्ध थिएन । त्यसैले भाडामा ५०० केभिएको जेनरेटर ल्याएर एमआरआई मेसिन चलाएका हौँ ।’

डाक्टर सिंहले अहिले भाडामा जेनरेटर ल्याएर तत्कालका लागि काम चलाइए पनि अस्पताल आफैँले पाँच सय केभिए क्षमताको नयाँ जेनरेटर खरिदका लागि सङ्घ र प्रदेशका स्वास्थ्य मन्त्रालयसँग बजेटको माग गरिसकेको जानकारी पनि गराए ।

सिंहका अनुसार बजेटका लागि अस्पताल प्रशासनले सङ्घ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा गत साउनमै पत्राचार गरिसकेको छ । सिंह भन्छन्, ‘सधैँभरि भाडाको जेनरेटरले चलाउने अवस्था रहन सक्दैन, त्यस कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ ।’

नारायणी अस्पतालमा सुरु गरिएको एमआरआई सेवाको शुल्क बजारका निजी अस्पतालका भन्दा निक्कै सस्तो रहेको सिंहले बताए । उनले भने, ‘निजी अस्पतालमा एमआरआई गर्दा १२ देखि १५ हजार रुपैयाँ शुल्क लाग्छ । तर हामीले अस्पतालमा यो सेवाको शुल्क ८ हजार रुपैयाँ मात्रै तोकेका छौँ ।’ यसले विशेष गरी गरिब तथा विपन्न बिरामीलाई ठूलो राहत पुग्ने उनको विश्वास छ ।

यसअघि अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुँदा बिरामीलाई बाहिरका निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यो बाध्यताको अन्त्य भएको पनि उनले बताए । दैनिक ८ देखि १० जना बिरामीको एमआरआई गर्न सकिने पनि उनले जानकारी दिए ।

मधेस प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । पर्सा, बारा, रौतहट , सर्लाही, महोत्तरीका साथै मकवानपुर तथा छिमेकी मुलुक भारतको बिहारबाट पनि बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेको डाक्टर सिंहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक १५,बुधबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद