Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिपिसीका विद्यार्थीले कलेज भवनबाट हाम फालेर गरे आत्महत्याको प्रयास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १५,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक विद्यार्थीले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् ।

कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्याम्पसको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेको बुझिएको छ ।

बाराको विश्रामपुर गाउँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमापनि गम्भीर चोट लागेको छ । यद्यपि उनी अहिले खतरामुक्त छन् ।

क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवनको पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्‍याएका थिए ।

प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा ल्याइएको तुलाधरले जानकारी दिए । महतो अहिले खतरामुक्त रहेको उनले बताए ।

महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी शाहले बताए । पारिवारिक समस्याका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने स्रोतको भनाई छ । सभार : यात्रा डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक १५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद