Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १४,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बरिष्ठ पत्रकार राघव साहले पत्रकार नेहाल खानलाई मंगरबार ५१ हजार रुपैया सहयोग गरेका छन् ।

बीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी पत्रकार नेहाल खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई उपचार गराई रहनु भएको छ भने उनको श्रीमति अजरा खातुन बिगत ६ महिना देखि क्यान्सर रोगबाट पिडित भई बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारर्थ रहेकी छिन् ।

रोगबाट संघर्षरत्त रहेका पत्रकार खानको आर्थिक अवस्था कमजोर हुदै गएकोले वीरगंजबाट प्रकाशित हुने पर्दाफास दैनिकका प्रकाशक÷सम्पादक एवं पर्दाफास डेली अनलाईनका सञ्चालक बरिष्ठ पत्रकार राघव साहले उनको घरमै पुगी ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै पत्रकार साहले यो रकम ठुलो नभए पनि यसबाट थोरै मात्रामा भए पनि पत्रकार खानको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अन्य सहयोगीदाताहरुलाई पनि सहयोगको लागि आग्रह समेत गरेका छन् ।

पत्रकार साह समाजवादी प्रेस संगठन नेपालका संस्थापक केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय प्रचार विभाग सदस्य हुन् ।

पत्रकार खान काठमाडौंको नर्भिक अस्पताल, नारायणी अस्पताल वीरगंजमा उपचार गराई हाल घरमै २४ सैं घण्टा अक्सिजनको सहारामा जिवनयापन गरिरहेका छन् भने उनको श्रीमति खातुनको ६ महिनामा ८ पटक किमो चढिसकेको र २१ दिन पछि रोगको पुनः परीक्षण गराई चिकित्सको सल्लाह अनुसार थप उपचार हुने खानले बताए ।

उनले चिकित्सकहरुले आफूलाई काठमाडौंको नर्भिक अस्पतालमा थप उपचार गराउन सल्लाह दिदै आए पनि उपचार खर्च जुटन नसकेकोले हाल घरमै अक्सिजनको सहाराले बाँचिरहेको दुःखेसो पोखे ।

आफुलाई नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. उदय नारायण सिंहले प्रत्येक दिन घरमै पुगी निःशुल्क उपचार गरिरहनु भएको पत्रकार खानले बताए ।

यस भन्दा अगाडि प्याब्सन, एन प्याब्सन, उद्योग वाणिज्य संघ बीरगंज, बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतकाले सहयोग गरेको पत्रकार खानले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक १४,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक १४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद