Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दशैको बेला कोठा फोडेर १० लाखको गरगहना चोरी गर्ने २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १२,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१२कार्तिक ।  दशैं मान्न डेरावाला वीरगंजबाट सर्लाहीस्थित पुख्र्यौली घर गएका बेला उनको कोठाबाट १० लाख बराबरको गरगहनासहित नगद चोरी गर्ने दुई जना चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ जानकीनगर घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित एक घरमा कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशैं मान्न परिवारसहित सर्लाहीस्थित पुख्र्यौलीघर गएका थिए । उनि परिवारसहित घर गएका बेला वीरगन्जस्थित डोराकोठाबाट कात्तिक ८ गतेराति कोठाको ताल्चा फुटाई सुन चाँदीका गरगहाना तथा नगद समेत गरी १० लाख मुल्य बराबरको मालसामान चोरी भएको थियो ।

घरबाट फर्किएका मैनालीले कोठामा चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न दुई जना युवकलाई वीरगन्जबाटै पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३२ वर्षिय शेख मख्खु र ३० वर्षिय पवन यादव रहेका छन् ।

पक्राउ परेका मख्खुको कोठामा खानतलाशी गर्र्दा मैनालीको कोठाबाट चोरी भएका सुनको औंठी २ थान, सुनबाट बनाइएको चन्द्रमाको कभर १ थान, सुनको डल्ला १ थान, मंगलसुत्र १ थान, कानको टप १थान, .चाँदीबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र नगद १५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको थापाले बताए । सभार : मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद