Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दशैको बेला कोठा फोडेर १० लाखको गरगहना चोरी गर्ने २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१२कार्तिक ।  दशैं मान्न डेरावाला वीरगंजबाट सर्लाहीस्थित पुख्र्यौली घर गएका बेला उनको कोठाबाट १० लाख बराबरको गरगहनासहित नगद चोरी गर्ने दुई जना चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ जानकीनगर घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित एक घरमा कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशैं मान्न परिवारसहित सर्लाहीस्थित पुख्र्यौलीघर गएका थिए । उनि परिवारसहित घर गएका बेला वीरगन्जस्थित डोराकोठाबाट कात्तिक ८ गतेराति कोठाको ताल्चा फुटाई सुन चाँदीका गरगहाना तथा नगद समेत गरी १० लाख मुल्य बराबरको मालसामान चोरी भएको थियो ।

घरबाट फर्किएका मैनालीले कोठामा चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न दुई जना युवकलाई वीरगन्जबाटै पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३२ वर्षिय शेख मख्खु र ३० वर्षिय पवन यादव रहेका छन् ।

पक्राउ परेका मख्खुको कोठामा खानतलाशी गर्र्दा मैनालीको कोठाबाट चोरी भएका सुनको औंठी २ थान, सुनबाट बनाइएको चन्द्रमाको कभर १ थान, सुनको डल्ला १ थान, मंगलसुत्र १ थान, कानको टप १थान, .चाँदीबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र नगद १५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको थापाले बताए । सभार : मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद