Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिमरामा भएकाे बस दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा चोकस्थित शनिबार राति भएकाे बस दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परि भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया स्थायी घर भएका विरगंज महानगरपालिकाकाे वडा नं. ०७ निवासी २७ बर्षिय मुकेश साहकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक बिरेन्द्र गुरुङले जानकारी दिए ।

चितवनबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको यात्रुवाहक बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रीत भई शनिबार राति १० बजेकाे समयमा दुर्घटना हुँदा ११ जना घाइते समेत भएकाे प्रहरी निरिक्षक गुरुङले वताए ।

घाइतेहरुकाे वीरगंजकाे गण्डकस्थि नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा उपचार भइरहेकाे उनले वताए । घाइते मध्ये दुई जनाकाे अवस्था गम्भिर रहेकाे बयाेधा हस्पिटलले जनाएकाे छ ।

घाइते मध्येका बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. २० निवासी ४५ बर्षिय विर बहादुर महताे र विरगंज महानगरपालिकाकाे वडा नं. ८ निवासी ३० बर्षिय सुरज साह कानुको टाउको र छातीमा गम्भिर चोट लागेकाे छ । दुबै जनाकाे अवस्था गम्भिर रहेकाे हस्पिटलले जनाएकाे छ ।

हस्पिटलका अनुसार घाइते मध्येका विरगंज महानगरपालिकाकाे वडा नं. ८ निवासी नै १८ बर्षिय प्रीया गुप्ताको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यसैगरी वीरगंज ८ कै १६ बर्षिय मनिषा साहको टाउको र अनुहारमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ । वीरगंज महानगरपालिका कै वडा नं. १२ निवासी सुनिल कुमार गुरुङकी छाेरी २३ बर्षिय सेजल गुरूङको छातिमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यसैगरी वीरगंज ८ का ५२ बर्षिय ललन चौरसियाको टाउको र अनुहारमा चोट लागेकाे छ । वीरगंज १२ का २७ बर्षिय राजन कुमार गुप्ताको छाती र हातमा चोट लागेकाे छ । विरगंज ८ कै २८ बर्षिय मोहन साह कानुको टाउको र छातीमा चोट लागेकाे छ । तीनै जनाकाे अवस्था मध्यम रहेकाे छ ।

कलैया उपमहानगरपालिकाकाे वडा नं. ७ निवासी १८ बर्षिय प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट लागेकाे छ । कलैया कै वडा नं. ७ निवासी ३५ बर्षिय अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट लागेकाे छ । दुबै जनाकाे अवस्था मध्यम रहेकाे छ ।

दुर्घटनामा परि बसका सहचालक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी १९ बर्षिय अनिष राई पनि घाइते भएका छन् । उनकाे ढाड र छातीमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ । सभार : कालिका टाइम्स

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० कार्तिक १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद