बारा । बारामा भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।शनिबार बिहान बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ ग्रिनलाईट होटल अगाडि भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ज.१२ प ७१५४ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर भिमदत्त नगरपालिका–११ बस्ने २६ वर्षीय आकाश सोनार रहेका छन ।उनले चलाएको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा उनी गम्भिर घाईते भएका थिए ।
सोनारको उपचारको क्रममा एलएस न्यूरो अस्पताल परवानीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस



