वीरगञ्ज । गत कार्तिक ५ गते अष्टमीको दिन राति वीरगंज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जन माथि कुटपिट गर्ने दोषी प्रहरीलाई कारवाही गर्न नेपाली कांग्रेस पर्साले माग गरेको छ ।शुक्रबार पार्टीले पर्स्कका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउदै कारवाहीको माग गरेको हो ।
नगवा प्रहरीका इन्चार्ज स.ई रविन्द्र साह तुरहाले वडाध्यक्ष महर्जनलाई अनाहक कुटपिट र अपमान गरेको घटनाते पार्टी स्तब्ध भएको ज्ञापनपत्रमा जनाइएको छ।वडाअध्यक्ष रेल्वे रोड स्थित हनुमान मंदिर निर दुर्गा पूजा आराधना गरिरहेका भक्तजनहरूको कार्यमा सई तुरहाले हस्तक्षेप गरेको र धार्मिक कार्यमा खलल पुर्याएको कार्य रोक्न आग्रह गरेको पार्टीले बताएको छ।
धार्मिक कार्यमा अवरोध नगर्न वडाध्यक्षले आग्रह गर्दा समेत सई तुरहाले त्यहां हुलहुज्जत र अनुचित बल प्रयोग गरी वडाध्यक्षलाई कुटपिट गर्दा निजको आँखामा गंभीर चोट लागेको छ । नेपाली कांग्रेस पर्सा यस गैरन्यापिक घटनाको घोर भर्त्सना समेत ज्ञापनपत्रमार्फत गरिएको छ ।
घटनाको निष्पक्ष छानबिन गरि दोषी माथि कारवाई गर्न नेपाली कांग्रेस पर्सा जोड़दार माग ज्ञापन पत्र मार्फत पार्टी यसका लागि सात दिनको समय तोकेको छ। एक साता भित्र न्याय र सुरक्षा नेतृत्वको रवैयामा सुधार आएन भने पार्टीको तर्फबाट चरणबद्ध दवावमूलक कार्यक्रम गरिने कांग्रेस पर्साका कार्यबाहक सहभापति रामनारायण कुर्मी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।ज्ञापनपत्र बुझाउने टोलिमा बिरगंज महानगरका उपप्रमुख इम्तियाज आलम लगायत कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



