वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नंबर १६ नगवामा महानवमीका दिन साेमबार आयाेजित बौधीमाई महानवमी मेला सम्पन्न भएको छ । मेला तथा विराट कुस्ती दंगल प्रतियोगिताको उद्घाटन सविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले गरेका छन् ।
त्यस अवसरमा उनले कुस्ती खेल र खेलाडीले नेपालकाे नाम विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए । उनले कुस्ती खेलाडीलाईकाे मनाेबल र हाैंसला बढाउन आफ्नाे तर्फबाट निरन्तर सहयाेग रहिरहनेपनि बताए ।
कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले कुस्ती खेलले युवाहरूमा सामूहिक भावना र सकारात्मक सोचको विकास गर्ने बताए । कुस्ती खेल प्रति सरकारकाे ध्यान पुग्न नसकेकाे भन्दै उनले यो खेल लोप हुँदै गएको बताए।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस क्षेत्रीय सभापतिहरु मोहम्मद साहबुदिन,अनिल सिंह,युवा नेता सन्तोष सिंह,हरिन्द्र यादव,मिन्टु सिंह,बाबुनन्द पटेल,रामनिवास यादव, नेपाली कांग्रेस बाराका उप-सभापति अमिरी पाल,स्वयंसेवकहरु लगायत स्थानिय नेता तथा अगुवाहरुको उपस्थिति रहेको थियो।



