Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा मनाइयो ‘६८ औँ प्रहरी दिवस’

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ‘६८ औँ प्रहरी दिवस २०८०’ भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलवार दिवङ्गत प्रहरीहरूलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रमको आयोजना गरी ‘६८ औँ प्रहरी दिवस २०८०’ मनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अमर प्रहरीका परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरेका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी रेग्मीले प्रहरी सङ्गठनलाई सहयोग गर्ने तथा विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीसँग सहकार्य गर्ने संस्थाका पदाधिकारी तथा व्यक्तिहरूलाई पनि कदर तथा प्रशंसा पत्रहरू प्रदान गरेका थिए ।

कार्यक्रममा पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए ।

त्यस्तै कार्यक्रमलाई पूर्व प्रहरी सङ्गठन जिल्ला कार्य समितिको अध्यक्ष पूर्व प्रहरी निरीक्षक दान बहादुर राना, पूर्व प्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष पूर्व प्रहरी निरीक्षक ललन राउत कर्मी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनीषा लौडारीले गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद