Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई सीलबन्दी गरेर कारबाही गरिने, प्रदुषण नियन्त्रण गर्न उद्योगीहरु तयार  

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, २९ असोज । तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णय भएको छ ।

वीरगंज महानगरपालिकामा सोमबार उद्योगी व्यवसायी, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले उद्योगहरुबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउनु पर्ने र त्यसो गरेको नपाए उद्योगहरु सील गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरिएको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नदी प्रदुषण नगरे उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने चेतावनी दिएपछि सिर्सिया नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि आवश्यक काम गर्न उद्योगीहरु पनि तयार भएका छन् ।

यस अघि आजै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेल्ने विभिन्न ६ वटा उद्योगहरुको अनुगमन भएको थियो ।

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरुले नदी प्रदुषण गर्न नछाडे पछि आज मेयर सिंह आफै अनुगमनमा पुगेर प्रदुषण गराउने उद्योगका संचालकहरुलाई बोलाएर नदी प्रदुषण रोक्न निर्देशन दिनुभएको हो ।

बैठकले वीरगंज महानगरभित्र संचालित हरेक उद्योगले ६÷६ महिनामा स्व. अनुगमन मुल्यांकन प्रतिबेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ ।

यस्तै उद्योगीहरुले सिर्सिया नदीमा प्रदुषण गर्न नरोके वीरगंज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रकृया अघि बढाउने निर्णय भएको छ ।

बैठकमा मेयर सिंहले वीरगंजकै लाइफलाइनको रुपमा रहेको नदी प्रदुषण उद्योगीहरुले गरिरहेको भन्दै अब प्रदुषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरि संयन्त्र तयार पार्ने पनि बताउनुभयो ।

बैठकमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेलेका श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका संचालकले आफूहरु उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताए । महानगरले नदी प्रदुषण नियन्त्रणका लागि गरिरहेको काम सह्रानीय रहेको भन्दै उद्योगीहरुले आफूहरु पनि उद्योगमा पानी प्रशोधन केन्द्र राख्न र बोरिङबाट सफा पानी नदीमा हाल्ने व्यवस्था मिलाउन तयार रहेको बताए ।

बंठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचन प्रसाद यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इण्डस्टिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेल लगायतको सहभागिता रहेको थियो ।

महानगरपालिकाले यस अघि ५ वटा उद्योगलाई नदी प्रदुषण गराउन प्रमुख भुमिका खेलेको भन्दै ३/३ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन २९,सोमबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद