Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २८,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २८ असोज । वीरगञ्ज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ । नगरवासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको हो ।

आइतबार प्रयोगशालाको उद्घाटन गर्नुहुँदै पूर्व वन तथा वातावरणमन्त्री समेत रहनुभएका संघीय सांसद प्रदीप यादवले सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताउनुभयो ।

महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा नागरिकले सास्ति खेपिरहेको भन्दै उहाँले महानगरले सुरु गरेको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको पनि बताउनुभयो ।

बाहिर भन्दा निकै सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गरिने गरि महानगरले वडा नं. ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब संचालनमा ल्याएको हो ।

ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरि सेवा सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरि काम भइरहेको पनि उहाँले बताउनुभयो ।

महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला संचालनमा ल्याइएको हो ।

प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।

प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फंक्सन टेस्ट २ सय, लिपिट प्रोफाइल टेस्ट ३ सयमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।

सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गर्न सक्ने महानगर प्रमुख सिंहले बताउनु भयो ।

 

त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगाैला पिडित, क्यान्सर पिडित, HIV संक्रमित, सहिद परिवार र मधेश आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको पनि उहाँले बताउनु भयो ।

स्वास्थ्य सेवा नगरवासीकाे घरदैलोमै पुर्याउन अहाेरात्र काम गरिराखेकाे वीरगंज महानगरले एक पछि अर्काे स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाउँदै सुलभ दरकाे प्रयाेगशाला सेवाकाे लाभ लिनुहुन पनि महानगर प्रमुख सिंहले सम्पूर्णमा अनुराेध गर्नु भएको छ ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताउनु भयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम आज पहिलो ल्याब संचालनमा ल्याइएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रसाशक डा.मुक्ति नारायण साह, वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल श्वर्णकार, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्र लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० आश्विन २८,आईतवार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० आश्विन २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद