Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रभु अस्पतालको चौथो स्थापना दिवसमा वृक्षारोपण कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२६ असोज । वीरगञ्ज महानगरपालिका वडा नं ८ पानीटंकीस्थित प्रभु अस्पतालको चौथो स्थापना दिवसमा वृक्षारोपण गरिएको छ ।‘आफ्नो ठाउँ, हरियाली बनाउँ’ भन्ने नाराका साथ आज शुक्रबार अस्पतालको आयोजनामा वृक्षारोपण गरिएको हो ।

प्रभु अस्पतालको चोकदेखि आर्मी ब्यारेकसम्मको सडक छेउमा गुलमोहर प्रजातीका ६५ वटा विरुवा रोपिएको अस्पतालकी सञ्चालिका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिइन् । उनका अनुसार शुक्रबार रोपिएका विरुवाको रेखदेख गरी हुर्काउने काम अस्पतालले नै गर्नेछ ।

आफ्नै गाउँलाई हराभरा बनाउनुका साथै बढ्दै गएको जलवायु परिवर्तनले गर्दा वातावरणमा पर्ने असरलाई न्यूनिकरण गर्ने अभिप्रायका साथ विरुवा रोपेर वार्षिकोत्सव मनाएको अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले बताए । बढ्दो अव्यवस्थित शहरीकरणले गर्दा जलवायु परिवर्तन हुँदा मानव जीवनको दैनिकीमा पनि प्रभाव पर्नुका साथै मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएकाले विरुवा रोप्नुपर्ने आवश्यक्ता डा. गुप्ताले औँल्याए ।

अस्पताल स्थापनाको चौथो वर्षसम्म आईपुग्दा पर्सा मात्रै नभएर बारा, रौतहट, मकवानपुर, सीमावर्ती शहर रक्सौल, बेतिया, चम्पारण लगायतका हजारौँ सेवाग्राहीलाई सेवा दिन सफल भएको अस्पतालका व्यवस्थापक दिलिपराज कार्कीले दाबी गरे । उनकाअनुसार अस्पतालबाट ल्याप्रोस्कोपी सर्जरी सेवा पनि सूचारु गरिएको छ ।निकट भविष्यमै स्तरीय आईभिएफ सेवा सूचारु गर्ने लक्ष्यबमोजिम आवश्यक तयारी भइरहेको पनि कार्कीले जानकारी दिए । अस्पतालबाट प्रत्यक्ष रुपमा १ सय १५ जनाले रोजगारीपनि प्राप्त गरेका छन् ।

शुक्रबारको वृक्षारोपण कार्यक्रममा बरिष्ठ डा. गोपाल गजुरेल, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, लोसपाका केन्द्रिय सदस्य निजामुदिन समानी,नेपाली सेनाका कर्णेल डायमण्ड कार्की, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ता, भोजपुरी गायक सुनिल पण्डित, होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य हिराबहादुर श्रेष्ठ, समाजसेवीद्वय गणेशमान श्रेष्ठ, श्याम पोखरेल, फिजिसियन डा. रविरन्जन साह, डा. शिवकुमार झा लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद