Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिलबिजक भन्दा बढीको सामान बोकेको २ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २५,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा बुधबार राति ०८:५५ बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर , औषधी तथा खुद्रा सामानहरू बोकेको दुई वटा मालबाहक ट्रकहरुलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट झापातर्फ जाँदै गरेको ना. १ ख ३२०१ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ४४ लाख ४३ हजार ३ सय १७ बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

साथै सोही राति करिब १०:४५ बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ना. ४ ख ११२७ नम्बरको मालवाहक ट्रकलाई वीरगञ्ज बाट नुवाकोट तर्फ जाँदै गरेको अवस्था बाट वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोकस्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. २० लाख ६५ हजार ९ सय ८० बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद