Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २५,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गरिएको छ। पर्साको जिल्ला प्रशासन कार्यालयको कार्यालयमा जिल्लाका सुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् ।

जाडोको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भन्दै विपद् न्यूनीकरण अभ्यास तथा उद्धारका साथै प्राथमिक उपचारमा के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापन नमुना अभ्यास गरेको हो ।

आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात् कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यासले सिकाएको थियो।

अभ्यासले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षामा ठुलो मद्दत पुर्‍याउने बताइएको छ। अभ्यासले विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी रहेको सन्देश प्रवाह गरेको छ।

विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्य हो। आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पुर्‍याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा पर्सा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।

विपद् पछिको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए भने विपद्मा परेकाहरूको उपचार व्यवस्थापन अभ्यास गरिएको थियो । नमुना अभ्यास आयोजित औपचारिक कार्यक्रममा बोल्दै सहायक प्रजिअ शिव लामसालले विपद्का घटना जानकारी नदिई आउने भएकाले आम नागरिक सजग हुनुपर्ने बताए।

उनले कुनै पनि घटना समाजमा नहोउन् भन्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रमका लागि विपद् न्यूनीकरण अभ्यास गरिएको बताए। उनले समाजमा पछिल्ला दिनमा ग्यासको प्रयोग बढ्दै गएकाले यसबाट उत्पन्न हुनसक्ने विपद्बाट सावधानी अपनाउनुपर्ने बताए ।

कुनै पनि विपद्का समस्या आए तत्कालै सुरक्षा निकायलाई खबर गर्न सबै नागरिकलाई सशस्त्र प्रहरी प्रमुखले आग्रह गरे । जिल्ला प्रशासन कार्यालय पर्सा , श्री जंग गण , शसस्त्र बल नेपाल – १३, जिल्ला प्रहरी कार्याल र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र समितिको आयोजनामा उक्त अभ्यास गरिएको हो।

उद्धार टोलीमा प्रहरी , सशस्त्र प्रहरी र सेना तथा एम्बुलेन्स , विपत् व्यवस्थापन सामग्री तयारी अवस्थामा थिए। अस्पतालमा स्वास्थ्यकर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए । तयारीमा श्री जंग गण , सशस्त्र प्रहरी गण, नेपाल प्रहरी , रेडक्रस सोसाइटी र जिल्ला प्रशासन कार्यालय पर्साका सम्पूर्ण कर्मचारी लगायतको समन्वय र सहकार्य थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद