Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगञ्ज महानगरद्वारा सचेतना कार्यक्रम आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २३,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २३ असोज । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा वीरगञ्जमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा वीरगञ्ज महानगरपालिका र वीरगञ्ज नसिंङ्ग क्याम्पसको सयुक्त आयोजनामा घण्टाघर चोकमा मानसिक स्वास्थ्य सम्बन्धमा तयार पारिएको सडक नाटक सहित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल कुमार यादवले मानसिक स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई नजरअन्दाज नगर्न आग्रह गर्दै जति सक्दो आफूलाई व्यस्त राख्नुपर्ने सुझाव दिनुभयो ।

वीरगञ्ज नर्सिङ् क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । हरेक व्यक्ति मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उहाँले सामाजिक सञ्जाल, बेरोजगारी, प्रेम, कुलत लगायतका कारण मानसिक स्वास्थ्य बिग्रिन सक्ने तर्क गर्नुभयो ।

‘मानसिक स्वास्थ्य ः सबैको अधिकार’ भन्ने नारासहित मनाईएको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगञ्ज नर्सिङ् क्याम्पसमा अध्ययनरत छात्रा–छात्रहरुले सन्देशमुलक नाटक पनि प्रस्तुत गरेका थिए ।

वीरगञ्जको घण्टाघरमा भएको कार्यक्रममा दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की इन्चार्ज हेमा थापा, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रकाश साह, डा. अनुप कृष्ण गुप्ता, डा. नीतु बस्नेत, वीरगंज महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको उपस्थिती रहेको जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन २३,मंगलवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० आश्विन २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद