Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कोही कर्मचारी २० महिनादेखि फाजिलमा,कसैलाई तीन- तीन वटा जिम्मेवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २०,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

उच्च तहका प्रशासकहरुलाई बेरोजगार बनाएर जुनियर कर्मचारीलाई एकै पटक तीन तीन वटा जिम्मेवारी दिएसँगै कर्मचारीहरुले आपत्ति जनाएका छन् । यस्तो जात्रा देखिएको हो,सुशासनको चर्काे कुरा गर्ने स्वास्थ्यमन्त्री मोहन बस्नेतले कमाण्ड गरिरहेको मन्त्रालयमा । त्यहाँका एक कर्मचारीलाई झण्डै २० महिनादेखि जिम्मेवारविहिन बनाइरँहदा अर्काे जुनियर कर्मचारीलाई एकै पटक प्रवक्तासहितको तीन तीन वटा जिम्मेवारीको भारी बोकाइएको भेटिएको हो ।

काम, जिम्मेवारी नदिलाई वर्ष दिनभन्दा बढी समयसम्म जगेडामा राखिएका ११ औं तहको कर्मचारी हुन राधिका थपलिया उनको दैनिकी नै बनेको छ । कार्यालय जाने, हाजिर गर्ने र घर फर्किने रीत चलिरहेको छ विगत २० महिनादेखि ।कर्मचारी समायोजन गरिँदा कर्णाली प्रदेशतिर पठाइएकी थपलिया अन्यायमा परेको भन्दै सर्वोच्चको ढोका ढक्ढकाउन पुगेकी थिइन् । सर्वोच्चले अन्तरिम आदेश दिएसँगै मन्त्रालयमा हाजिर हुँदै आएकी उनले चार वर्षसम्म जिम्मेवारविहिन अवस्थामा रहेकोमा हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री, लक्ष्मण अर्याल सचिव र कप्र महाशाखा प्रमुख दामोदर रेग्मी हुँदा न्याय पाएकी थिइन्, तीन महिनामै जिम्मेवारी खोसेर विचल्ली बनाइयो । जबकि निजामती सेवा ऐनले कर्मचारीलाई दुई महिनाभन्दा बढी जिम्मेवारीविहीन बनाएर राख्न दिन्न ।तर स्वास्थ्य शिक्षा प्रशासक डा राधिका थपलिया २ वर्षदेखि स्वास्थ्य सेवा विभागमा हाजिर मात्र गरेर बसेकी छन् ।

तर सुशासनको गफ दिएर नथाक्ने मोहन बस्नेतले जुनियर कर्मचारी तीन -तीन वटा जिम्मेवारी दिएको भेटिएको छ ।सिनियर कर्मचारीको मान मर्दन हुने गरी २० महिनादेखि जिम्मेवारविहिन बनाएर राखिरहेका छन् । त्यहाँ अहिले प्रवक्ताका रुपमा ल्याइएका डा प्रकाश बूढाथोकीलाई तीन तीन वटा जिम्मेवारी दिइएको छ । बस्नेतले केन्द्रीय कारागार अस्पतालका निर्देशक डा प्रकाशबुढाथोकीले मन्त्राालयको प्रवक्ताको जिम्मेवारी दिएका छन् । यस्का अलवा बूढाथोकीको काँधमा स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको जिम्मेवारी समेत थपिएको छ । ११ औं तहका चिकित्सकले सम्हाल्नुपर्ने जिम्बेवारी ९ औं तहका कर्मचारीलाई दिएसँगै स्वास्थ्यका कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

उसो त गत आर्थिक बर्षमा मात्र उच्च तहका प्रशासकहरूलाई जगेडामा राखेर एक वर्षमै १० करोड ४८ लाख भुक्तानी दिइएको छ । अघिल्लो आर्थिक वर्षमा पनि अतिरिक्त समूहमै कर्मचारी थुपारेर राज्यले १० करोड ४८ लाख भुक्तानी गरेको थियो ।जसलाई महालेखाको कार्यालयले कैफियत ठहराएको थियो । सभार :  ई क्रमचारी डट कम

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन २०,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद