Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराका प्रहरीद्वारा अवैध भट्टी नष्ट, हजारौँ लिटर मदिरा बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १९,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  प्रहरीले बाराका विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। जिल्लाको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई र आदर्शकोतवाल गाउँपालिकामा सञ्चालित अवैध मदिरा भटीहरू नष्ट गर्नुका साथै हजारौँ लिटर तयारी मदिरा र मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको हो।

यी चारवटै पालिकाहरू भरतसँग सीमाना जोडिएका पालिका हुन्।प्रहरीले बिहीबार महागढीमाई नगरपालिका- ३ र १० गञ्जभवानीपुरको नौ स्थानमा र करैयामाई गाउँपालिका ३ गालोपटीमा सञ्चालित मदिरा भटी नष्ट गरेको हो।

त्यहाँबाट प्रहरीले तयारी मदिरा पच्चिस सय लिटर र मदिरा बनाउने कच्चा पदार्थ ५४ हजार लिटर नष्ट गरेको हो। त्यस्तै, मदिरा राख्ने ड्रम १४ वटा, डेक्ची १ वटा, मदिरा तयार पार्ने मेसिन पाँच वटा पनि बरामद गरी नष्ट गरेको हो।

यस्तै, बुधबार पचरौता नगपालिका ८ छपकैयाको पाँच स्थान र आदर्शकोतवाल गाउँपालिका- ६ पटेर्वाको दुई स्थानमा प्रहरीले छापामारी अवैध मदिरा भट्टीहरू नष्ट गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। उक्त भट्टीहरूबाट मदिरा राख्ने ड्रम ७६ वटा, मेसिन ५ वटा बरामद गर्नुका साथै पाँच हजार तयारी मदिरा र चालिस हजार कच्चा पदार्थ नष्ट गरिएको न्यौपानेले बताए।

पछिल्लो समय अवैध बारास्थित भारतसित सीमा जोडिएका पालिकाहरूमा सञ्चालित अवैध मदिरा भट्टीहरूकै कारणले जिल्लामा अपराधिक घटनाहरू घटेका थिए।

गत हप्ता बारामा भएको दुई वटा हत्याकाण्डमा सीमावर्ती पालिका र मदिराको पनि कनेक्शन देखिएपछि प्रहरीले त्यहाँ सञ्चालित भट्टीहरू नष्ट गर्न थालेको हो।

भारतको बिहारमा मदिरा बन्द भएका कारणले भारतीयहरू सीमावर्ती नेपालका पालिकाहरूमा आएर मदिरा सेवन गर्ने गरेका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० आश्विन १९,शुक्रबार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० आश्विन १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद