Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : पोखरिया बजारमा अनुगमन , १० पसललाई कारबाही

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १९,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका – ४ स्थित पोखरिया बजारमा अनुगमन गरी १० वटा पसललाई कारबाही गरिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको नेतृत्वमा गठित अनुगमन समितिले पोखरिया बजारमा बिहीबार अनुगमन गर्ने क्रममा १० वटा पसललाई कारबाही गरेको हो ।

उपमेयर रुबी ठाकुरको निर्देशनमा बिहीबार खटिएको टोलीले होटेल, औषधी, कस्मेटिक, पान, फलफूल लगायतका पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहीन सामान फेला परेपछि तिन वटा किराना पसल, दुई वटा होटेल, एउटा औषधी पसल, दुई वटा कस्मेटिक पसल र दुई वटा फलफूल पसललाई कारबाही गरिएको श्रीवास्तवले जानकारी दिए ।

म्याद गुज्रिएका र गुणस्तरहीन सामान जफत पनि गरिएको उनले बताए । कारबाहीमा परेका पसलका सञ्चालकहरूलाई शुक्रवार नगरपालिका कार्यालयमा सम्पर्क गर्न निर्देशन पनि दिइएको उनले बताए ।

अनुगमन टोलीमा पशु अस्पताल पोखरियाका प्रमुख कौशल कुमार झा, पोखरिया अस्पतालका डाक्टर सञ्जय गुप्ता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्र, शिक्षा शाखा प्रमुख विजय कुमार झा, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह लगायतकोपनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन १९,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० आश्विन १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद