वीरगञ्ज । वीरगञ्जमा अनुमति बिना संचालित थप दुई वटा शैक्षिक संस्थामा वीरगञ्ज महानगरपालिकाले शिलबन्दी गरेको छ ।
महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादबको नेतृत्वमा सोमबार खटिएको अनुगमन टोलीले वीरगञ्ज – ८ मा सञ्चालित न्यू पपुलर इङ्गलिस ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युट र तराई एजुकेसनल कन्सल्टेन्सी प्रालिमा शिलबन्दी गरेको हो ।
दुबै संस्था महानगरमा दर्ता बिना नै संचालनमा रहेको भेटिएपछि शिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए । अनुगमनमा महानगरको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछाने, नारायण छापागाईँ, महानगरका मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोली सहभागी थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



