Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषित बनाउने उद्योगहरुलाई वीरगञ्ज महानगरले फेरि दियो कारबाहीको चेतावनी 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१५ असोज । वीरगञ्ज महानगरपालिका कार्यालयले सिर्सिया नदीको प्रदुषण अझै नरोकिएको भन्दै नादी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाको नगरपालिका कार्यालयले आइतबार एक सूचना नै जारी गरेर यसअघि नदी प्रदुषित गर्ने पाँच वटा उद्योगलाई जनही ३÷३ लाखका दरले जरीबाना गरेर कारबाही गर्दासमेत नदिको प्रदुषण नरोकिएको जनाएको छ ।

वीरगञ्ज र छिमेकी भारतीय शहर रक्सौलवासीसंग प्रत्यक्ष जोडिएको सिर्सिया नदी लामो समयदेखि प्रदुषित हुदाँ पर्यावरणीय समस्याका साथै धार्मिक अनुष्ठानका कार्यमा समेत बाधा हुदै आएकोले नदीलाई प्रदुषित नगर्न उद्योगहरुरुलाई असोज २६ गतेसम्मको समय महानगरपालिकाले दिएको छ । त्यो बेलासम्मपनि नदीको प्रदुषण नरोकिएको खण्डमा वीरगन्ज महानगरपालिकाले सम्बन्धित उद्योगहरुलाई वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने जनाएको छ ।

यसअघि गत चैत १४ गते वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगञ्ज २१ स्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाखका दरले जरीबाना गरेको थियो ।

तर जरीबाना सहितको कारबाही गर्दासमेत नदीलाई प्रदु्षित बनाउने कार्य अझै रोकिएको छैन । उद्योगहरुले आफना फोहोर पदार्थ , प्रदुषित रसायनयुक्त पानी , कोइलाको छाइ लगायतका वस्तु सिधै सिर्सिया नदीमा फाल्दै आएका छन् । जसका कारण सिर्सिया नदीमा कालो र दुर्गन्धित लेदोसहितको पानी बग्ने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० आश्विन १५,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० आश्विन १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद